प्रेम गीत तीनको टिम धनगढीमा, सिनेमाले सुदूरपश्चिमलाई पनि समेटेको दाबी

प्रेम गीत तीनको टिम धनगढीमा, सिनेमाले सुदूरपश्चिमलाई पनि समेटेको दाबी

धनगढी । नेपाली सिनेमा प्रेम गीत तीनका निर्माता तथा कलाकारको टोली धनगढी पुगेको छ । बिहीबार प्रदर्शनको पर्खाइमा रहेको प्रेम गीत तीनको प्रचार-प्रसारका क्रममा सिनेमा निर्माता सन्तोष सेन, मुख्य भूमिकामा रहेका नायक प्रदीप खड्का र नव प्रवेशी नायिका क्रिस्टिना गुरुङ धनगढीको एसटिएस सिनेमा हलमा आएका हुन् । 

हिन्दी भाषामा पनि डबिङ गरिएको उक्त सिनेमा भारतमा मात्रै १५ सय बढी पर्दा हरूमा प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए ।

उनीहरू प्रेम गीत तीनको प्रसारमा भारतको दिल्ली लगायतका सहर हरू हुँदै धनगढी आई पुगेका हुन् । आजै बिहान उनीहरू धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)मा पनि पुगेका थिए । 

सन्तोष सेन निर्माता, निर्देशक स्वर्गीय छेतन गुरुङ तथा मुख्य भूमिका प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ लगायतका कलाकारहरू रहेको सिनेमामा हाल सम्म आठ करोड लगानी भएको चलचित्र निर्माता टिमले जनाएको छ । 

यस्तै, प्रेम गीत तीनले सुदूरपश्चिम प्रदेशको भेसभुसा रहन सहन कला संस्कृति र प्रकृतिको समेत प्रतिनिधित्व गर्ने नायक प्रदीप खड्काले बताए ।

उनले भने, ‘‘सिनेमा मा हामीहरूले सक्दो राम्रो गर्ने कोसिस मात्रै हैन तपस्या गरेका छौँ । हाम्रो लामो प्रतीक्षा पश्चात् अब रिलिज डेट नजिक पुगेका छौँ । तपाईँहरूको प्रतिक्रिया को पर्खाइमा छौँ । यसमा सबै कलाको सँगम स्थल नै हो । यो देहरादुन देखी सिलम सम्मको पहाडी एरिया नै हाम्रो हो भन्ने हिसाबले हामी लागेका छौँ । त्यसमा सुदूरपश्चिम न समेटिने भन्ने त कुरै हुँदैन सबै कुरा यसमा दिने प्रयास गरेका छौँ ।”

प्रेम गीत तीन यही असोज ७ गते बडा दशैको दिन नेपालभर र सोही दिन भारतका १५ सय बढी अन्तर्राष्ट्रिय सिने प्लेटर्फहरुमा प्रदर्शन हुन गइरहेको छ ।