बैतडीमा २८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

बैतडीमा २८ जनामा स्क्रबटाइफसको सङ्क्रमण

बैतडी।  बैतडीमा २८ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्षको हालसम्म २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सङ्क्रमण देखिनेमा जिल्लाका सबै स्थानीय तहका बिरामी रहेका कार्यालयले जनाएको छ। यहाँ पछिल्लो समयमा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रबटाइफस देखापर्ने गरेको हो। परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रबटाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

अस्पतालले अहिले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ। वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि देखिने गरेका हुन्। पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रबटाइफस देखिने गरेको र स्क्रबटाइफसले ज्यानै लिन सक्छ।