अख्तियारको कार्य सम्पादन चित्त बुझ्दो छैन : मन्त्री बोहरा

अख्तियारको कार्य सम्पादन चित्त बुझ्दो छैन : मन्त्री बोहरा

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले अख्तियारले गरिरहेको कार्य चित्त बुझ्दो नभएको बताएका छन् । मन्त्री बोहराले बागेश्वरी असल शासन (बास)ले धनगढीमा आयोजना गरेको भ्रष्टाचार विरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलनमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले आफू युवा अवस्थामा हुँदा देखी नै भ्रष्ट्राचार विरुद्ध लडेर भ्रष्ट कर्मचारीलाई छ महिना जेल पठान सफल भएको दृष्टान्त सम्झिँदै नेपाल सरकारको सम्पूर्ण अख्तियारी प्राप्त शक्तिशाली अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काम पनि आफूलाई चित्त नबुझेको बताएका छन् ।

‘‘नेपालको शक्तिशाली आयोग सबै अधिकार भएको अख्तियारले गरेको काम पनि मलाई चित्त बुझेको छैन । केही व्यक्तिहरू लाई कानुनी दायरा मा ल्याए पनि धेरै ठाउँमा अख्तियारले पारदर्शी ढङ्गले काम गरेको देखीदैन् । कुनै पनि व्यक्तिलाई कसुर लागी सकेपश्चात् प्रमाणित भइसके पछि त के कारण ले कति रकम हिनामिना गरेको अथवा कर छली गरेको क-के हो ? त्यो प्रस्ट रूपमा जनतामाझ राख्नु पर्ने त्यो राखिएको देखिएन । काम गर्दा पनि समयमै रिस्पन्स नगर्ने ? एकदमै ढिला सुस्ती काम गरिएरहको  हुन्छ ।” उनले भने । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पारदर्शी काम नगरेको कार्य सम्पादन समेत सुस्त तरिकाले गरिरहेको मन्त्री बोहराको आरोप रहेको छ ।

यस्तै, उक्त कार्यक्रममा बास सुदूरपश्चिम प्रदेशले उत्कृष्ट शाखा, उप-शाखा, कर्मचारीहरूलाई सम्मान तथा कार्यक्रम सफल पार्न सहयोग गर्ने सङ्घ संस्थाहरूलाई सम्मान पत्र वितरण गरेको थियो भने कार्यक्रम सुरु हुन पूर्व प्रभात फेरी, विभिन्न आफूले गरेका कामहरूको प्रस्तुतीकरण, खुला छलफल, सफल व्यक्तिका अनुभव आदान प्रदान, भ्रष्टाचार विरुद्ध सुदूरपश्चिम घोषणा पत्र जारी एवम् विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेको थियो । 

सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका युवाहरूको उपस्थिति रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द राज बोहरा, बास नेपालकी केन्द्रीय अध्यक्ष मुना बुढाथोकी, बास नेपालका सल्लाहकार लगायता विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।