राजधानी माग्दै डोटीका बासिन्दा धनगढीमा, मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र

राजधानी माग्दै डोटीका बासिन्दा धनगढीमा, मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र

धनगढी : प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दा धनगढी पुगेका छन । 

यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति प्रदेश राजधानी र नामका बारेमा प्रदेश सभामा प्रक्रिया अघि बढेसगै धनगढी पुगेको हो । 

उक्त समितिले मगलवार मुख्यमन्त्री र सभामुख अर्जुन बहादुर थापालाई भेटेर डोटी राजधानी तोक्न माग गरेको छ ।  ज्ञाननपत्र बुझाउनुअघि धनगढी चौराहादेखि प्रदेश सभा भवनसग ¥याली पनि निकालिएको थियो । 

संघर्ष समितिका सयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का लगायतको टोलीले ज्ञापनपत्र बुझाउदै भौगोलिक अनुकुलता, ऐतिहासिक गौरव, भाषिक तथा सास्कृतिक पहिचान, पहाडी क्षेत्रको जनसख्या, भौतिक पूर्वाधार र सुरक्षा तथा सामरिक महत्वलाई ध्यान दिदै पहाडमा राजधानी तोक्न दवाव दिएको हो । 

यसअघि पनि उक्त समितिले ६४ दिन डोटीमा आन्दालन गरेपनि तत्कालिन प्रधानमन्त्री तथा काग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेको थियो । 

साउन १४ गतेको प्रदेश सभा बैठकले प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव सकलन गर्न समिति गठन गरेसगै समिति पुनः सक्रिय भएको छ । 

समितिले सोमवार मात्रै प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव सकलन गर्न समितिका सभापति तारालामा तामाङसग छलफल गरेको थियो ।