बेलायतका किसानले एउटै बोटमा फलाए ५ हजार ८९१ टमाटर

बेलायतका किसानले एउटै बोटमा फलाए ५ हजार ८९१ टमाटर

काठमाडौँ । बेलायतका एक किसानले टमाटर खेती गरेर अनौठो कीर्तिमान बनाएको दाबी गरेका छन् ।

बेलायतको हर्टफोर्डशायरमा एक व्यक्तिले एउटै बोटमा ५ हजार ८९१ टमाटर फलाएको रेकर्ड बनाएको दाबि गरेका हुन् । ४४ बर्षिय डगलस स्मिथले रातो र हरियो टमाटरको गणना गरेका छन् । सबै टमाटरको कुल वजन २० किलोभन्दा बढी रहेको छ । यसअघि एउटै बेलमा सबैभन्दा बढी टमाटर उब्जाउने कीर्तिमान मिडल्याण्ड्सको कभेन्ट्रीका सुरजित सिंह क्यान्थको नाममा थियो । सुरजितले एउटै बोटमा १ हजार ३४४ टमाटर फलेका थिए ।

यसैबीच, ह्याम्पशायरका एक एमेच्योर मालीले संसारको सबैभन्दा ठूलो काँक्रो फलाएका छन् । उनको यो उपलब्धि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । सेबास्टियन सुकीले तीन फिट अग्लो काँक्रो फलाएका छन्, जुन बजारमा पाइने औसत काँक्रोभन्दा चार गुणा ठूलो छ । एकै समयमा, यसको वजन २० गुणा बढी छ । सबैभन्दा ठूलो टमाटर उत्पादक डगलस स्मिथले यसअघि २० फिट अग्लो सूर्यमुखी बिरुवा रोपेर कीर्तिमान बनाएका थिए ।

स्मिथ एक आईटी प्रबन्धक हुन्, जो स्ट्यान्स्टेड एबोट्स, हर्टफोर्डशायरमा आफ्नो छोरा स्टेलन र श्रीमती पाइपरसँग बस्छन् । उनी शौकका रुपमा खेतीपाती गर्छन् । यसपटक टमाटर खेती गर्दा आधिकारिक मान्यता पाउनेमा उनी आशावादी छन् ।

यद्यपि टमाटर उब्जाउने उनको रेकर्ड अन्य दुई साक्षीहरूले पनि देखेका छन् । २०२० मा, स्मिथ आफ्नो घरभन्दा अग्लो २० फिट अग्लो सूर्यमुखी बिरुवा बढाएर चर्चामा आएका थिए । यो बेलायतमा सबैभन्दा ठूलो सूर्यमुखी बिरुवा थियो ।

स्मिथले यो कीर्तिमान बनाउन टमाटर खेती गरेको पनि बताए । तर यो संख्या ६ हजार टमाटरमा पुग्ने उनको अनुमान थिएन । तर, गर्मीका कारण टमाटरको बिरुवा लागेर चिन्तित भएको उनले बताए । अगस्ट २६ मा उनले बोटबाट टमाटर टिपेका हुन् ।