दार्चुलामा डेंगुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

दार्चुलामा डेंगुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

दार्चुला ।  दार्चुलामा भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्। डेंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन्। 

जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेंगुका बिरामी पुगेका छन्। जेठमा दुई जनामा डेंगु देखिएको थियो। साउनमा तीन जनामा देखिएको डेंगु अहिले आएर अस्पतालका शय्या भरिएका छन्। अहिले अस्पतालमा आउने अधिंकाशमा डेंगुको लक्षण देखिएको छ।

डेंगुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताउनुभयो। “अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ”, उनले भने, “अहिले डेंगुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ।”

एडिस (एजिप्टाई) जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्येमा डेंगुु पर्दछ। उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ। बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा लिम्बू बताउछन्।

कैदीको उपचारमा समस्या

जिल्ला कारागारका कैदीबन्दीमा डेंगु भेटिएको छ। ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेंगु भेटिएको हो। अहिलेसम्म कारागारका सात जनामा डेंगु भेटिएको जिल्ला अस्पतालले जनाएको छ।

कारागारमा डेंगुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताए। जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ। कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्रचार गरिएको उनले बताए। अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन्। उहाँले भन्नुभयो, “कारागारभित्र डुेङ्गु नियन्त्रणका लागि प्रयास भइरहेको छ।