बैतडीमा  २३ र २४ गते देउडा प्रतियोगिता

बैतडीमा  २३ र २४ गते देउडा प्रतियोगिता

बैतडी । बैतडीको खोड्पेमा महिला पुरुष देउडा प्रतियोगिता हुने भएको छ । पाटन नगरपालिका ८ को  आयोजनामा खोड्पे बजारमा यहि भदौ २३ र २४ गते देउडा प्रतियोगिता हुने भएको हो ।

पुरानालाई सम्मान, नयाँ प्रतिभाको पहिचान, स्थानीय कला संस्कृतिको संरक्षणका साथै व्यापार व्यवसाय प्रवर्दनका लागि प्रतियोगिताको आयोजना गरिएको वडा नं ८ का वडा अध्यक्ष हशि विष्टले बताए । प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार नगत सहित सम्मानपत्र, द्धितियलाई ७ हजार नगतसहित सम्मान पत्र प्रदान गरिने छ । यस्तै तृतिय पुरस्कार ५ हजार रहेको छ भने सान्तोना पुरस्कार २ हजार राखिएको छ । साथै गौराका समयमा खेलिने ठाडोखेल,ढुस्को, धमारी, उप्पर खेल र ढोलक खेलहरु पनि खेलिने बताइएको छ ।

लोप हुने अवस्थामा पुगेका ऐतिहासिक खेलहरुको संरक्षणका लागि पुराना खेलहरु पनि खेलिने वडा अध्यक्ष विष्टले बताए । युवा पुस्ताले ध्यान नदिएर लोप हुने अवस्थामा पुगेका पुराना ऐतिहासिक खेलहरु यस्ता कार्यक्रबाट जर्गेना हुने  विश्वास गरिएको  छ ।