पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : महानायक हमाल

पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ  : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताए । 

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । 

हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिनुभयो। उहाँले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पुर्‍याउने बताए । 

महानायक हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताउनु भयो। हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्ने कुरामा जोड दिने गरेको बताए । 

उहाँले भन्नुभयो, ‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ। कतिपय ठाउँमा पुस्तकमा तपाईंको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ। सोचाई फरक हुनसक्छ। तर, कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ।’ 

हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको  बताए ।