तस्बीर दुरुपयोग गर्ने पक्राउ

तस्बीर दुरुपयोग गर्ने पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बीर अमर्यादित र अशोभनीय ढङ्गले राखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले सामाजिक सञ्जालमा राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्बीर अमर्यादित तथा अशोभनीय तरिकाले पोष्ट गर्ने पाल्पाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले विद्युतीय कारोवार ऐन विपरीत कार्य गरेकाले गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट चैत १३ गते पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिनुभयो ।