आज केही सुदूरपश्चिम लगायत अरु केही प्रदेशमा बर्षा हुने

आज केही सुदूरपश्चिम लगायत अरु केही प्रदेशमा बर्षा हुने

धनगढी । हाल देशभर सामान्य देखि पूर्णतया बदली रहनु साथै  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा बर्षा मौष पुर्वाअनुमान महाशाखाले जनाएको छ । 

आज  दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।