मंगलबार सबै विदेशी मुद्राको भाउ स्थिर

मंगलबार सबै विदेशी मुद्राको भाउ स्थिर

काठमाण्डौ : मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ स्थिर छ । सोमबारकै मूल्यमा घटबढ भएको छैन । 

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ ।  

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १९ पैसा छ । यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ७० पैसा र बिक्रीदर २९४ रुपैयाँ २९ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।