बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

ताप्लेजुङ : ताप्लेजुङमा बाबुको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ । फुङलिङ नगरपालिका ९ हाङदेवका ३२ वर्षीय माहिला छोरा राजेन्द्र गुरुङले गत शनिबार बाबु दलबहादुर गुरुङलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । 

भान्साघरमा पसेर बाबु दलबहादुरलाई गजेन्द्रले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक सञ्जय सिंह थापाले बताउनुभयो । घाइते भएका दलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा उनलाई अस्पतालले विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । उनलाई धरान लैजाँदै गर्दा इलामको फिक्कलमा पुगेपछि मृत्यु भएको थियो । 

बाबु दलबहादुरको मृत्यु पश्चात् उनका आफन्तको निवेदनको आधारमा प्रहरीले छोरा राजेन्द्रलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । सोमबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उपरीक्षक थापाले बताउनुभयो ।