सुदूरपश्चिम प्रदेशमा रानाथारु को १३ प्रतिशत आरक्षण संसद द्वारा पारित

सुदूरपश्चिम प्रदेशमा रानाथारु को १३ प्रतिशत आरक्षण संसद द्वारा पारित

धनगढी । सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन सँग सम्बन्धित संशोधन विधेयक पारित भएको छ । राना थारु आरक्षणको लागि अत्यधिक दबाब सृजना र पहल कदम गरी सो विधेयकमा राना थारुको १३ प्रतिशत आरक्षण सुनिश्चित गराउन सफल भएको छ  ।

रानाथारु लाइ यस विधेयकले समुदायको पहिचान सहित राज्यको मुलधार मा समुदायलाइ ल्याउन महत्वपुर्ण भुमिका खेल्ने जनाईएको छ । यसैगरी यस संसोधित विधेयकले निम्न बमोजिमको आरक्षण को व्यवस्था गरेको छ ।

क) थारु/रानाथारु १३ प्रतिशत ख) माहिला ३३ प्रतिशत ग) दलित १४ प्रतिशत घ) आर्थिक रुपले विपन्न् खस आर्य ११ प्रतिशत ङ) आदिवासी जनजाति १० प्रतिशत च) पिछडिएको क्षेत्र १० प्रतिशत छ) अपाङ्ग ४ प्रतिशत ज) मघेशी ३ प्रतिशत झ) मुस्लिम २ प्रतिशत