एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले आज र भोलिका लागि परीक्षा संचालन गर्न लागेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा  कैलालीबाट ८ हजार ९ सय ४६ जना बिद्यार्थीहरुले एसईई ग्रेडवृद्धि परीक्षामा सहभागी  हुने शिक्षा विकास  तथा समन्वय इकाई कैलालीका  शार्खा अधिकृत प्रताप सिंह भडारीले जानकारी दिए । भदौ ११ गते र १२ गते  हुने परीक्षाका लागि  कैलालीमा सबै तयारी पुराभएको  बताइएको  छ ।  १४  ओटा केन्द्र तोकिएका छन् । परीक्षा बिहान ८ बजे देखी सञ्चालन हुने छ ।  

यो परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् । कार्यालयले ५ भदौसम्म आवदेन दिन आव्हान गरेको थियो । एसईईको नतिजा ११ साउन २०७८ मा सार्वजनिक भएको थियो । परीक्षा ९ वैशाख २०७८ देखि सञ्चालन भएको थियो ।