वडाध्यक्ष आफ्नै पार्टी सदस्यबाट कुटिए

वडाध्यक्ष आफ्नै पार्टी सदस्यबाट कुटिए

वडाध्यक्ष आफ्नै पार्टी सदस्यबाट कुटिएका छन् । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सटर भाडामा दिनेबारे विवाद हुँदा सिग्देलमाथि एमाले जिल्ला सदस्य सानुलामा दोङले कुटपिट गरेका हुन् । भुटनदेवीको सटर भाडामा दिनेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ ।

 हेटौंडा(४ का वडाध्यक्ष नवीन सिग्देल आफ्नै पार्टी सदस्यबाट कुटिएका छन् । नेकपा एमाले मकवानपुर जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि मंगलबार दिउँसो एमालेकै जिल्ला सदस्यले हेटौंडा(४ हुप्राचौरस्थित कार्यकक्षमै कुटपिट गरेका हुन् ।

आफू कुटिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक कारबाहीका लागि सिग्देलले उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सानु लामा दोङले आफूमाथि कुटपिट गरेको भन्दै वडा अध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको बताए ।