अर्को चुनावी लहरमा नेता, जनता अनि विकास

अर्को चुनावी लहरमा नेता, जनता अनि विकास

राम बहादुर बि क. धनगढी । स्थानिय चुनाव २०७९ बैशाख ३० गते सम्पन्न भएको केहि समय नबित्दै फेरि मसिंर ४ गते अर्को हुदै छ। अर्को चुनाजवी लहरको असर गाँँउ देखि शहर सम्म, कार्यक्रता देखि  नेता सम्म, विध्यार्थी देखि शिक्षक सम्म,विरामी देखि डाक्टर सम्म, ग्राहक देखि व्यापारी सम्म, झुपडी देखि महल सम्म, भट्टी देखि मन्दीर सम्म, भुमीमार्ग देखि हवाई मार्ग सम्म, कर्मचारी देखि मालिक सम्म सवै ठाँउमा देखिन थालेको छ।

चुनावी टिकट पाउन नेताहरुको चम्चागिरि, चाप्लुसी गर्ने होडवाजी चलिरहेको छ र झोले कार्यकर्ताहरु आ–आफ्नो नेतारुलाई चुनाव जिताउन विभिन्न किसिमका रणनिति, षड्यन्त्र र जनतालाई भ्रममा पार्ने घोषणापत्र बनाउन तर्फ कडा मेहनत गरिरहेक देखिन्छन्। एता जनता भने भट्टीमा रक्सी पिउदै, चिया पसलमा चिया पिउदै अनि चौतारिमा चुरोट तान्दै बकम्फुसे राजनितिक विषलेशण र चुनावी आँकलन गर्न थालेको पाइन्छ।

आज नेपालमा विकास नहुनु, भ्रष्टचारको बढ्दोक्रम, अपराधको बढ्दोक्रम अनि अपराधी खुलेआम घम्नु , चर्को महङ्गी, आम जनताको शिक्षामा, स्वास्थमा पहुच नहुनु, सबैको कारण जनता आफै हुन। जनता सबै झोले कार्यकर्ता भएर हिड्ने अनि राम्रोलाइ भन्दा हाम्रोलाइ चुनाव जिताउने प्रवृतिले नै आम जनताले दुःख पाउछन्। राम्रोलाइ भन्दा हाम्रोलाइ जिताउने विकृति नै आज नेपालि समाजको सँस्कतिृ बनेको छ।

ढोङ्गी नेताहरुको झुटो आश्वसन,असक्षमता अनि गलत नियतले गर्दा सबै जनताहरु दुःख पाउनको साथै देशको अवस्था कहालि लाग्दो भइरहेको छ। यसको उपज गएको स्थानिय चुनावमा धनगढी,धरान अनि काढमाण्डौका जनताले परिवर्तन खोजे र भिन्नै मत परिणाम दिए अनि स्वतन्त्रलाइ जिताए।

तर स्वतन्त्र उम्मेदवार नैै समस्याको हल भने पक्का पनि हैन भन्ने कुरा आम जनताले बुझ्न जरुरी छ। के स्वतन्त्र नै जनताले खोजेको परिवर्तन हो वा होइन रु यो प्रश्नको जवाफ समय आए पछि स्थानिय तहमा निर्वाचित ३ स्वतन्त्र उम्मेदवारको कामले दिनेछ। यहि स्वतन्त्रको घण्टी बजाएर रवि लामिछाने पनि राष्ट्रय स्वतन्त्र पार्टी लिएर चुनावी मैदानमा उत्रेका छन।

राष्ट्रय स्जतन्त्र पार्टीलाई पनि विकल्पको रुपमा कदापी लिन सकिदैन। यहाँ पार्टी स्वतन्त्र वा स्वतन्त्र उम्मेदवार भएर परिवर्तन हुदैन् , मतदानका दिन जनता स्वतन्त्र हुनु पर्छ। राम्रालाई नभई हाम्रालाई भन्ने विकृतिको अन्त्य हुन पर्दछ, हामि सबै जनता जागरुक हुनु पर्छ तब मात्र देश बन्छ , तब सम्म मात्र देशको बिकास हुन्छ।