कलेज पढ्ने युवतीलाई साथीका बुबासँग विवाह अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

कलेज पढ्ने युवतीलाई  साथीका बुबासँग विवाह अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणमा जनाइएको छ।

विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ। मागेको रकम नदिएको युवतीको भिडियो भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको जनाइएको छ।लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ। ‘पुलिसले दानिश र उनकी छोरीसहित सात संदिग्धलाई पक्राउ गरेको छ र बाँकी संदिग्धलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने।

पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन। उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन्।