बोगटान फुड्सिल गाउँपालिकाले नियम विपरीत कर्मचारी हटाएको प्रति एमालेको आपत्ति

बोगटान फुड्सिल गाउँपालिकाले नियम विपरीत कर्मचारी हटाएको प्रति एमालेको आपत्ति

धनगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले विभिन्न शाखा र वाडा कार्यालयमा कार्यरत ७ जना कर्मचारी लाई काम बाट हटाएको छ । गाउँपालिकाले राजनीति प्रतिसोध राखी नियम विपरीत कर्मचारी हटाएका एमाले फुड्सिल गाउँ कमिटीले आपत्ति जनाएको छ ।

एमाले फुड्सिल गाउँ कमिटी अध्यक्ष खेम घर्ती मगरका अनुसार गाउँपालिकामा कार्यरत ७ जना कर्मचारीलाई  एमाले निकट भएको र निर्वाचनमा  गठबन्धनलाई मतदान नगरेको भन्दै ती कर्मचारीलाई हटाइएको मगरले बताए ।  

यस विषयमा नेकपा एमाले बोगटान फुड्सिल गाउँपालिका ले ध्यानाकर्षण भएको समेत जनाएको छ । एक  प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठन का अध्यक्ष एवम् बोगटान फुड्सिल गाउँपालिका वडा नं.१ का अध्यक्ष खेम घर्ती मगर ले स्थानीय तह निर्वाचन सकिए पछि सरकार बनाउन ढिलो गरेको पालिकाले सरकार को नियम अनुसार असार १० गते ल्याउनु पर्ने नीति तथा कार्यक्रम पनि समयमै ल्याउन नसकेको तर पार्टीको आक्षेप लगाउँदै कर्मचारी हटाउन भने समय नलगाएको बताएका छन् । 

नेकपा एमाले पक्षधर भन्दै कर्मचारी हरूको सम्झौता नगरेर अध्यक्ष उपाध्यक्षले गल्ती गरेका भन्दै यसपछि उत्पन्न हुने सम्पूर्ण घटनाहरूको जिम्मा गाउँपालिका अध्यक्ष उपाध्यक्ष ले लिनुपर्ने प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ।

यस विषयमा  हामीले गाउँपालिका अध्यक्ष कमल गड्सिला र उपाध्यक्ष विष्णा देवी बम लाई सम्पर्क गर्दा उनीहरू को फोन उठेको छैन । 

सोही जिज्ञासा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चन्द लाई राख्दा चन्दले भने सङ्घीय सरकार बाट कर्मचारी नहटाउनु भनी पत्र आएको स्वीकार गर्दै उक्त पत्र आफूले कार्यपालिका बैठकमा पेस गरेको भएता पनि कार्यपालिका बैठकले नै ती कर्मचारी को म्याद नथप्ने निर्णय गरेकोले आफूले पत्र मात्रै काटेको र बाँकी यस विषयमा आफूलाई जानकारी नभएको बताए ।
हटाइएका कर्मचारी विवरण र विज्ञप्ति :