नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेलाई भाइपर्सले अनुबन्ध गर्‍यो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेलाई भाइपर्सले अनुबन्ध गर्‍यो

काठमाडौं। सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर लामिछानेलाई भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । 

ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ।

लामिछाने लिगको मार्की खेलाडीको रुपमा रहेका थिए । भाइपर्सले सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुने प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू(२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।