अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन नेपाली  टोली भारत जादै

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन नेपाली  टोली भारत जादै

काठमाडौं।  भरतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन नेपाली  टोली भारत जादै छ । भरतमा हुने दुई फरक प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ। नेपाली टोली शुक्रबार आज  भारत जादै छ । 


पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन्। नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ। 

टोली पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने इन्डिया जुनियर ग्राँ पिमा सहभागी हुनेछ। दुवै प्रतियोगितामा नेपालले पुरुषरमहिला सिंगल्सरडबल्स र मिक्स डबल्मा गरी ५ स्पर्धामा सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जनाएका छन्।

प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन्। प्रतियोगिता अगष्ट २३ देखि २७ तारिखसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरे।