बहसमा प्रदेश नाम राजधानी : सुझाव समितिले किन तयार गर्न सकेन प्रतिवेदन ?

बहसमा प्रदेश नाम राजधानी : सुझाव समितिले किन तयार गर्न सकेन प्रतिवेदन ?

धनगढी : प्रदेशको राजधानी र नामाकरणरबारे सुझाब संकलन गर्न गठित सुझाब समिति तोकिएको समयमा प्रतिवेदन बुझाउन असफल भएको छ । 

साउन १४ गते बसेको प्रदेश सभा बैठकले नेकपाका प्रमुख सचेतक तारालामा तामाङ सयोजक रहेको पाच सदस्यीय समिति गठन गर्दै प्रदेशको नाम र राजधानीबारे सुझाव सकलन गरि साउन २१ गतेको प्रदेश सभा बैठकमा पेश गर्न निर्देशन दिईएको थियो । 

तर, समितिले सोमवारको प्रदेश सभा बैठकमा प्रतिवेदनन पेश गर्न सकेन । बैठकमा सभामुख अर्जुन बहादुर थापाले समितिको समय एक हप्ता थप भएको जानकारी गराए ।

प्रदेशको राजधानी र नामाकरणका सम्बन्धमा सरोकारवालाहरु संग छलफल गर्ने कार्य समाप्त नभएकोले समय थप गर्न समिमिले प्रदेश सभा सचिवालयलाई निवेदन दिएकोे थियो ।

 सोही निवेदनको आधारमा छलफल तथा परार्मशको लागि समय थप गरिएको सभामुख अर्जुन थापाले बताए । यता समितिका संयोजक तारालामा तामाङले सरोकारवालासँग छलफल कार्य जारी रहेकोले समयमा प्रतिवेदन पेश गर्न नसकिएको बताए ।

किन तयार भएन प्रतिवेदन ? 

समितिका सयोजक तामाङ नाम र राजधानीका विषयमा प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने सासद र नेतासग छलफल गर्न काठमाण्डौ गए ।

उनले त्यहा सासद र नेतालाई भेटे । उनी आईवार मात्रै धनगढी फर्किए । जसका कारण जुन प्रदेशको नाम र राजधानीका लागि सुझाव सकलन गर्नुपर्ने थियो, सोही प्रदेशमा छलफल समेत हुन सकेन । 

समितिलाई प्रदेशका प्रदेश सभा सदस्य लगायत सवै सरोकारवालासग छलफल गरेर सुझाव दिन निर्देशन दिईएको थियो । तर, तोकिएको समयमा समितिले प्रदेश ७ मा उकदिन पनि छलफल गर्न सकेन । 

समितिका एक जना सदस्य भन्छन, ‘सभापति ज्यू, आफु काठमाण्डौ जानुभयो । हामीलाई छलफल नगर्न भन्नुभो ।’
उनका अनुसार समितिको बैठक पनि तिनदिन मात्रै बसेको छ । तामाङले काठमाण्डौमा छलफल गरेपनि प्रदेश ७ मा कसैसग पनि छलफल भएको छैन ।