नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, गाडीको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र ज्यान गएको तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा गाडी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्यु) पनि निक्कै बढेको पाइएको छ ।
दश वर्षअघि ९आव २०६८र६९० को तथ्याङ्कमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २ सय ८७ गाडी परेका थिए । दुर्घटनामा १ हजार ८ सय ३७ को ज्यान गएको र ४ हजार १९ जना गम्भीर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८र७९ को अभिलेखानुसार गाडी दुर्घटना ह्वात्तै बढेर २४ हजार ५ सय ३८ पुग्यो । त्यो साल ३९ हजार ३ सय ७९ गाडी दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल २ हजार ८ सय ८३ जनाको ज्यान गएको भयो भने ७ हजार २ सय ८२ यात्रु गम्भीर घाइते भएका छन् ।
दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार ४ सय ४६ ले बढ्यो भने मानवीय क्षति १ हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका गाडी हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८र७९ का कुल ३९ हजार ३ सय ७९ गाडी दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार ९ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीपरकार ८ हजार ९ सय ७५, त्यसपछि बस २ हजार ७ सय ८६ र चौथोमा ट्रकरट्याङ्कर २ हजार ४ सय ७६ दुर्घटना भएको अभिलेख छ ।
दुर्घटनामा परेका गाडीमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण गाडीमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जीपरकार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह दुर्घटना न्यूनीकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउनुहुन्छ ।
प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गएको वर्ष र अहिलेको वैशाख, जेठ असार तीन महिनाको तुलनामा यसवर्ष त्यही अवधिमा ६३ दशमलव ४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको ज्यान जाने गुमाउने क्रम ३१ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्कले गाडी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ ।
यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति
आर्थिक वर्ष २०७८-७९ को दुर्घटना
आव २०७८र७९ मा कुल २४ हजार ५ सय ३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार ३ सय ७९ गाडी संलग्न रहे । ती दुर्घटनाबाट कुल २ हजार ८ सय ८३ जनाको ज्यान गएको थियो भने ७ हजार २ सय ८२ जना गम्भीर घाइते भएका थिए ।
आर्थिक वर्ष २०७७-७८
यस आवमा कुल २० हजार ६ सय ४० दुर्घटनामा ३३ हजार ९ सय ३५ गाडी परेको पाइएको छ । ती दुर्घटनामा २ हजार ३ सयको ज्यान गएको थियो भने ६ हजार ४ सय ४८ जना गम्भीर घाइते भएका थिए ।
आर्थिक वर्ष २०७६-७७
यस आवमा कुल १५ हजार ५ सय ५९ दुर्घटना भए । त्यसमा २५ हजार ७ सय ८८ गाडी परेका छन् । दुर्घटनामा २ हजार २ सय ८१ को ज्यान गएको र ४ हजार ६ सय १५ जना गम्भीर घाइते भएका छन्।
आर्थिक वर्ष २०७५-७६
आव २०७५र७६ मा १० हजार ३ सय ६० गाडी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ गाडी परेका पाइएको छ । ती दुर्घटनामा २ हजार ७ सय ८९ जनाको ज्यान गएको छ । ४ हजार ३ सय ७६ गम्भीर घाइते भएका छन् ।
आर्थिक वर्ष २०७४-७५
यस आवमा कुल १० हजार ९ सय ६५ दुर्घटना भएका छन् । यो दुर्घटनामा १८ हजार ३४ गाडी परेका र कुल २ हजार ५ सय ४१ जनाको ज्यान गएको छ । अन्य ४ हजार १ सय ४१ जना गम्भीर घाइते भएका छन् ।
आर्थिक वर्ष २०७३-७४
यस आवमा कुल १० हजार १ सय ७८ दुर्घटना भएकामा १५ हजार ५ सय १५ गाडी संलग्न भएका छन् । दुर्घटनामा २ हजार ३ सय ८४ जनाको ज्यान गएको र ४ हजार २ सय ५० गम्भीर घाइते भएका छन् ।
आर्थिक वर्ष २०७२-७३
कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार ५ सय २ गाडी परेका छन् । ती दुर्घटनामा २ हजार ६ को ज्यान गएको छ भने ४ हजार १ सय ८२ जना गम्भीर घाइते भएका छन् ।
आर्थिक वर्ष २०७१-७२
कुल ९ हजार १ सय ४५ दुर्घटनामा १४ हजार ८ सय ३७ गाडीमा क्षति पुगेको थियो । ती दुर्घटनामा २ हजार ४ को ज्यान गएको र ४ हजार ५४ जना गम्भीर घाइते भएका थिए।
आर्थिक वर्ष २०७०-७१
यस आवमा जम्मा ८ हजार ४ सय ६ दुर्घटना भएका थिए । त्यस दुर्घटनामा १३ हजार ५ सय २९ गाडी परेका थिए । दुर्घटनामा कुल १ हजार ७ सय ८७ जनाले ज्यान गुमाएका र ३ हजार ५ सय १६ गम्भीर घाइते भएका थिए ।
आर्थिक वर्ष २०६९-७०
यस आवमा जम्मा दुर्घटना ८ हजार ४ सय ८४ भएका छन् । त्यस दुर्घटनामा १३ हजार ५ सय ८२ गाडी संलग्न भएको पाइएको छ । दुर्घटनामा कुल १ हजार ८ सय १६ जनाको ज्यान गएको थियो । ३ हजार ९ सय ८६ जना गम्भीर घाइते भएका थिए।
आर्थिक वर्ष २०६८-६९
यस आवमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २ सय ८७ गाडी परेका छन् । दुर्घटनामा १ हजार ८ सय ३७ को ज्यान गएको थियो भने ४ हजार १९ जना गम्भीर घाइते भएका थिए।