पुनर्वासमा लागुऔषध सहित दुई जना पक्राऊ

पुनर्वासमा लागुऔषध सहित दुई जना पक्राऊ

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वासमा दुई जना लागुऔषध सहित पक्राऊ परेका छन् ।शनिबार साँझ भारतीय बजारबाट आउँदै गरेका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा पुनपा–४,कार्गिलडाँडाबाट अस्थायी सशस्त्र पोष्ट पुनर्वासबाट खटिएको टोलीले लागुऔषध सहित पक्राऊ गरेका हुन ।

पक्राऊ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–५,ग–गाउँ घर भएको १८ वर्षिय दिपक साहुके र पुनर्वास नगरपालिका–१०,भिमबस्तीको २४ बर्षिय राजेश बिश्वकर्मा रहेको अस्थायी सशस्त्र पोष्ट पुनर्वासका प्रमूख नायव निरिक्षक त्रिभुवन बिष्टले जानकारी दिए ।

पक्राऊ परेका उनीहरुले खुट्टामा लगाएको जुत्ता भित्र लुकाएको अवस्थामा स्पास नामक १२ गोटा ट्याबलेट,नाईट्रोभ्याट नामक ३२ गोटा ट्याबलेट,हरियो गाँजा,चरेश र एक थान चिलिम बरामद गरिएको सशस्त्र नायब निरिक्षक विष्टले जानकारी दिए ।पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको पनि उहाँले बताए ।