अफगानिस्तानमा वर्षा र बाढीले २१ जनाको मृत्यु

अफगानिस्तानमा  वर्षा र बाढीले २१ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ठुलो मात्राका मानवीय क्षेति भएको छ । लगातारको भारी वर्षा र बाढीका कारणकम्तीमा २१ जनाको ज्यान गएको छ। लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो।

त्यस क्षेत्रमा सयौँको संख्यामा मानिसहरु घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ। बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन्।

सयौँ घरहरूमा क्षति पुगेको छ। अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केहीदिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो।