सरकारले स्वीकृत गर्यो कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड

सरकारले स्वीकृत गर्यो  कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड

सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९र०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरिएको हो ।


यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उनले बताए ।