ओखलढुंगामा जिप दुर्घटना : घटनास्थलमै ६ को मृत्यु , ३ को अवस्था गम्भीर

ओखलढुंगामा जिप दुर्घटना : घटनास्थलमै ६ को मृत्यु , ३ को अवस्था गम्भीर

ओखलढुंगा :  जिल्लाको  मानेभञ्‍ज्या‍ङ गाउँपालिका-६ को दरुवापिप्ले खोलामा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो साढे १२ बजेतिर सोलु्खुम्बुबाट काडमाण्डौ आउँदै गरेको बा १६ च २२०६ नम्बरको जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुुंगाले जनाएको छ। दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको उदयपुरको घुर्मीमा उपचार  भइरहको छ।

अहिले घटनास्थलमा हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ।