कश्मीरमा सेनाको क्याम्प नजिक आक्रमण

कश्मीरमा सेनाको क्याम्प नजिक आक्रमण

जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा बिहीबार बिहान भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ । सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई आतंकवादीको पनि मृत्यु भएको छ ।   

जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई आतंकवादीको मृत्यु भएको पुष्टि गरेका छन्। मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्पमा आक्रमण भएको बताए ।

थप सुरक्षा बल घटनास्थलमा पठाइएको र क्षेत्रमा खोजी अभियान जारी रहेको बीबीसी समाचारमा उल्लेख छ।