सुदूरपश्चिम प्रदेश सरकारले इन्धनमै सक्यो १९ करोड

सुदूरपश्चिम प्रदेश सरकारले इन्धनमै सक्यो १९ करोड

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म १९ करोड रुपैयाँ इन्धन खरिदमै खर्च गरेको छ । 

०७५/७६ देखि ०७८/७९ सम्मको चार वर्ष अवधिमा प्रदेश सरकारका सबै निकायमा गरी कूल १९ करोड ३३ लाख ६० हजार खर्च भएको विवरण प्राप्त भएको छ । खर्च रकम वर्षेनी बढेको बढ्यै देखिएको छ । 

जसअन्तर्गत ०७५/७६ मा ३ करोड १७ लाख २३ हजार, ०७६/०७७ मा ४ करोड ६० लाख २९ हजार, ०७७/०७८ मा ४ करोड ७० लाख २१ हजार खर्च गरेको थियो । गएको आर्थिक वर्ष ०७८/०७९ मा सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै दुुई करोड बढि रकम खर्च गरेको पाइएको छ ।

 ०७८/०७९ मा सरकारले ६ करोड ८५ लाख ७६ हजार खर्च गरेको देखिएको छ । 

प्रदेश सरकार अन्तर्गत मन्त्रालयहरु तथा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले इन्धन खर्च मनमर्जी खर्च गरिरहेको तथ्यांकबाट पुष्टि हुन्छ । 

अन्तराष्टिय रुपमा इन्धनको भाउ बृद्धि भएर हरेक देशले खपत घटाउन उपाय गरिरहेका बेला सुदूरपश्चिममा भने मैफल देखिएको छ । 

चालु आर्थिक वर्षका लागि पनि सरकारले इन्धनका लागि प्रयाप्त बजेट विनियोजन गरेको छ ।