प्रदेश ७ को स्थायी राजधानी र नामाकरणबारे समयमा सुझाव संकलन गर्न समिति असफल

प्रदेश ७ को स्थायी राजधानी र नामाकरणबारे समयमा सुझाव संकलन गर्न समिति असफल

धनगढीः प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठित समितिले सुझाव सकलनमा ढिलाइ गरेको छ। साउन १४ गते बसेको प्रदेश सभा बैठकले नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वमा पाँच सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो।

उक्त समितिलाई साउन २१ गतेभित्र सुझाव सहितको प्रतिवेदन प्रदेश सभा बैठकमा पेश गर्न निर्देशन दिइएको थियो। तर, उक्त समितिले प्रदेशको नाम र राजधानीबारे प्रदेशमा हालसम्म कुनै छलफल गर्न सकेको छैन। समितिका संयोजक तामाङ प्रतिनिधि सभाका सासदसग नाम र राजधानीबारे छलफल गर्न काठमाडौँ गएपछि छलफलमा ढिलाइ भएको समितिका एक जना सदस्य श्यामलाल रानाले बताए।

उनका अनुसार समितिको बैठक पनि बस्न सकेको छैन। समितिका संयोजक तामाङ आइतबार मात्रै काठमाण्डौबाट धनगढी फर्किएका छन्। अव समितिले आज प्रदेशका प्रदेश सभा सदस्य लगायत सरोकारवालासग छलफल गर्ने तयारीमा समिति छ।

समितिलाई प्रदेशको नाम र राजधानीबारे सुझाव सहितको प्रतिवेदन तयार गरेर आज बुझाउन निर्देशन दिइएको थियो। तर, प्रदेशमा पर्याप्त छलफल हुन नसक्दा समितिको म्याद केही दिन थप्ने तयारी गरिएको रानाले जानकारी दिए।

प्रदेश सभा सञ्चालन भएको लामो समय बितिसक्दा पनि राजधानीको स्थान र नामाकरणबारे छलफल शुरु नभएको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो। झण्डै एक महिना अघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसद् सचिवालयमा नाम र राजधानी तोक्न भन्दै प्रस्ताव दर्ता गराएको थियो। नाम र राजधानीको विषयमा सुझाव सकलन गर्नका लागि सुझाव समिति गठन गरेसँगै प्रदेशमा नाम र राजधानीबारे बहस चुलिएको छ।

सांसदले प्रक्रिया अगाडि बढाएसँगै राजधानी तराईमा हुनुपर्ने र पहाडमा हुनुपर्ने दुई फरक मतबिचको विवाद पुनः सहतमा आएको छ। यसअघि दियायलमा राजधानी हुनुपर्ने माग गर्दै लामो समय आन्दोलन भएको थियो। हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकिएको छ।