मैत्रिपुर्ण फुटबलमा बैंकर्स क्लब डोटी बिजयी

मैत्रिपुर्ण फुटबलमा बैंकर्स क्लब डोटी बिजयी

धनगढी । डोटीको खप्तड रंगसाला राजपुरमा शनिवार भएको मैत्रिपुर्ण फुटबलमा बैंकर्स क्लब डोटीले ३ / २ को अन्तरले जित हात पारेको छ । 
१ घण्टा ३० मिनेटको खेलमा बैंकर्स क्लब डोटीले उधोग बाणिज्य संघ डोटीलाई १ गोलले बाणिज्य संघलाई पराजित गर्दै बैंकर्स क्लब बिजयी भएको हो । समय अबधीमै बैकर्स क्लबका तर्फ बाट अनिल  शाही,बिरेन्द्र जोशी र राजु घलेले १/ १ गोले प्रहार गरेका थिए भने,उधोग बाणिज्य संघका तर्फ बाट कप्तान दिपेन्द्र भण्डारीले २ गोल प्रहार गरेका थिए । 
खेलाडीहरुको खेलको बिकास गर्नका लागी खेलेको आयोजना गरी डोटी उधोग बाणिज्य संघ डोटीका अध्यक्ष तथा कार्याक्रममा सभापति मोहन बहादुर कलेल बताएका छन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख तथा प्रमखु अतिथि लक्ष्मण बहादुर सिंह भने डोटी जिल्लाको खेलकुदका लागी आफु सधै अग्रसर रहने र संस्थाबाट सकिने सहयोग गर्ने बताएका छन  । 
उधोग बाणिज्य संघ डोटी र बैकर्स क्लब डोटीले खेलको आयोजना गरेको थियो ।