स्कुटरलाई ठक्कर दिएर भाग्यो लोकेन्द्रबहादुर चन्दको पछुवा भ्यान

स्कुटरलाई ठक्कर दिएर भाग्यो लोकेन्द्रबहादुर चन्दको पछुवा भ्यान

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुुरक्षामा खटिएको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर भागेको छ । घटनाको भिडियो सार्वजनिक भएपछि नेता चन्दले स्कुटर चालकलाई कुनै चोटपटक लागेको भए भेट्न जाने बताएका छन् ।

शुक्रबार साँझ बबरमहलमा चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा बा १ झ ९५२७ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएको थियो । इमरजेन्सी लाइट बाल्दै दौडिएको सशस्त्रको भ्यानको पछाडिको भागले स्कुटलाई छोएको थियो ।

सामाजिक सञ्जालमा भेटिएको भिडियोमा देखिएअनुसार स्कुटर लडेपनि सशस्त्र प्रहरीको भ्यान रोकिँदैन ।

महानगरीय ट्राफिक महाशाखाले घटनाबारे चासो देखाएको छ तर, स्कुटरमा को थिए ? उनीहरुको घाइते भए नभएको खुलेको छैन । चन्दले पनि यसबारे बोलेको छन् ।

फेसबुकमार्फत उनले घटनाबारे आफूलाई सुरक्षाकर्मीले आज मात्र जानकारी गराएको बताएका छन् । उनले भनेका छन्, ‘यसबारे म अनविज्ञ थिए तर, मेरो बारेमा नराम्रो कमेन्ट देख्दा दुखित छ । साथै स्कुटरमा सवार व्यक्ति को हुन् ? यदि कुनै चोटपटक लागेको भए म भेट्न जानेछु, जानकारी दिन अनुसोध गर्छु ।’साभार - अनलाईन खबर