पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिस गरिएका कृतिको सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिस गरिएका कृतिको सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिसमा परेका पाँच कृतिको सूची सार्वजनिक गरिएको छ। खेमलाल(हरिकला समाज कल्याण प्रतिष्ठानले २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त कृतिमध्ये पाँच कृति सिफारिस गरेको थियो।

प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि १५ कृतिमध्ये सिफारिसमा परेका ५ कृति सार्वजनिक गरेको हो।जसमा केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, नवराज लम्सालको अग्नि, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय कृति पाँच कृतिभित्र परेका छन्।

अब यी कृतिबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिनेछ।