भारतमा एक नेपालीको बिभत्स हत्या, परिवारद्धारा न्यायको माग

भारतमा एक नेपालीको बिभत्स हत्या, परिवारद्धारा न्यायको माग

बैतडी : भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए ।

मृतक श्यामसिंह श्रीमती र छोराछोरीका साथ भारतमा बस्दै आएका थिए । तर उनकी श्रीमती लक्ष्मी कुमारी ६ महिला अघि भारत पन्जाब स्थित जलन्धर मुग्दमपूर जोतिचोकमा बस्दै आएका चम्बावत निबासी अर्जुन कुमारसंग दोश्रो बिहे गरेकी थिइन् । श्यामसिङ र लक्ष्मीका १ छोरा तथा १ छोरी छन् तर उनीहरु लक्ष्मीसंगै बस्दै आएका छन् ।

श्यामसिङ र लक्ष्मीका बिचमा बिगत ६ महिना अघि उनीहरुका नाममा बिमा भरेकोे रकम ५ लाख भारु रुपँया आएको र त्यो रुपयाँ लक्ष्मीले नै लगेको बताइएको छ । यो बिषयमा बिवाद हुदाँ मार्ने योजना बनाएको हुन सक्ने मृतकका भतिजा राजेन्द्रले बताए ।

घटना यसरी खुल्यो
चैत ८ गते मृतक श्यामका भाई गणेशले उनको मोबाइलमा फोन गर्दा फोन प्रहरीले उठायो, ‘म प्रहरी बोल्दै छु र यो फोन भएको मान्छेको मृत्यु भइसकेको छ, हामीले शव सडकमा भेटेका हौँ, तपाईं आफन्त हो भने यता आउनुस्, भनेर एक अस्पतालको ठेगाना दिइयो । त्यहाँ पुग्दा मृतकका भाइ गणेशले शव देखेका थिए ।

अहिले श्यामको दुर्घटनामा मृत्यु भएको भन्ने आधारमा प्रहरीले रिपोट तयार गरिरहेको बताइएको छ । पोष्टमार्टमको रिपोट दिन पनि अस्पतालले आनाकानी गरिरहेको मृतकका अर्का भाई संकर ओडले बताए ।

अहिले मृतक श्यामसिंहका परिवारले मृतकको न्याय र दोषीलाई कारबाहीका लागि सबैसंग अनुरोध गरिरहेका छन् । श्यामको हत्या उनकै भुतपुर्व श्रीमती लक्ष्मी र उनका नयाँ पति अर्जुन कुमारले गरेको आशंका परिवारको छ ।

होलीपर्वका दिन मृतक श्यामसिहं आफ्ना छोराछोरीलाई भेट्न भनी लक्ष्मीको घर गएको र त्यसपछि नफर्केको भन्ने बुझिएको छ । मृतक श्यामसिंह ओड १३ बर्षको उमेरमै मजदुर गर्न भनी भारत पसेका थिए ।

परिवारको भनाई यस्तो छ – १३ बर्षको छदाँ भारत पसेको हो, कमाई पनि राम्रो गरिरहेको थियो, उसैले कमाएको पैसाले घरको गर्जो टरेको थियो । अहिले उसलाई मारेर सडकमा फालेको खबर सुनियो । हामी छागांबाट खसेजस्तै भएका छौँ ।

अर्काको देशमा भएको यो घटना कस्ले गरायो र किन गरायो उस्ले कस्को के बिगारेको रहेछ र हामीले न्याय पाउला की नपाउला र हाम्रा लागि कोही होला की नहोला र यी सबै प्रश्न मृतकको परिवारको मनमा उब्जेका छन् भने गाँउले सबै अचम्मीत छन् । दुख ब्यक्त गरिरहेका छन् ।