किन आन्दोलित हुँदै छन् कैलालीका किसान? कारण सहित नाै फोटोमा हेर्नुहोस् आन्दोलन

किन आन्दोलित हुँदै छन् कैलालीका किसान?  कारण सहित नाै फोटोमा हेर्नुहोस् आन्दोलन

धनगढीः कैलालीमा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन्। संघीय सरकारले कैलाली जिल्लालाई छुटाएर पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेकोले उनीहरू आन्दोलित भएका हुन्। 

किसानहरूले आज प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा विरोध ¥याली समेत निकालेका छन्। 

संघीय सरकारले ७ नम्बर प्रदेशमा ५ वटा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको छ। सोही प्रस्ताव अनुसार बाजुरा, बझाङ्ग, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पशुसेवा विज्ञ केन्द्र स्थापना हुने छन्। 

सरकारले संघीय संरचना अनुसार जिल्ला सरकारी कार्यालय खारेज गर्दै कार्यालयको विस्तार गरेको हो। तर कैलालीका किसानले संघीय सरकारले हचुवाको भरमा पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेको आरोप लगाएका छन्। 

७ नम्बर प्रदेशको ६० प्रतिशत भन्दा बढी कृषी÷पशुपंछी जन्य उत्पादन कैलालीमा मात्र हुन्छ। यस्तो ठाउँलाई पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न सरकारले प्रस्ताव नगर्नु विडम्बना भएको किसानले बताएका छन्। उनीहरूले कैलालीमा पशु विज्ञ केन्द्र स्थापना नगर्दा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।