एसईईको नतिजा भोली सार्बजनिक हुँदै

एसईईको नतिजा भोली सार्बजनिक हुँदै

धनगढी । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बुधबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “सकभर त्रुटि कम होस् भन्ने चाहेका छौँ । त्यसमा व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएका हौँ ।”

विद्यार्थी, परीक्षा केन्द्र, शिक्षक, उत्तरपुस्तिका परीक्षक, सम्परीक्षकलगायतका कारणले परीक्षामा त्रुटिको अवस्था रहन्छ । नतिजामा त्रुटि हुँदा मुख्य गरी परीक्षार्थीले दुःख झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए । परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।
यसरी हेर्न सकिन्छ नतिजा 
एसएमएसबाटबाट नतिजा थाहा पाउनका लागि प्रयोग हुने सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् । 

www.see.gov.np 

www.neb.gov.np

 www.khalti.com

www.neemaacademy.com 

www.ekantipur.com 

www.theconnectplus.com 

www.see.edusanjal.com

 www.see.ntc.net.np 

www.admissionnepal.com