बैतडीमा प्रहरीद्धारा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना मूलक प्रशिक्षण

बैतडीमा प्रहरीद्धारा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना मूलक प्रशिक्षण

बैतडी ।   बैतडीमा प्रहरीले लागुपदार्थ दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रम  गर्दै छ ।  लागु औषध दुर्व्यसन न्यूनीकरण गर्ने उदेश्यले जिल्लाका सबै युनिटहरु मार्फत सचेतना मूलक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले बताए  ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी युनिटहरुको आयोजनामा सबै ठाउँमा कार्यक्रम भइरहेको उनले बताए । पुर्चौडी नगरपालिका १ हाटमा गरिएको कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारण व्यक्तिहरुलाई लागु औषध नियन्त्रण र कानुनी व्यवस्था सम्बन्धि जानकारी गराइएको पुरघाट प्रहरीचौकी इन्चार्ज मोती सिंह बमले बताए ।

 लागुपदार्थ दुर्व्यसन विरुद्ध विद्यालयमा गएर सचेतना मुलक कार्यक्रम  गर्ने गरेको  प्रहरीले  अहिले गाउँ समाजमा गएर  समेत गरिरहेको उनले बताए । विद्यालय बन्द रहेको  अवस्थामा  प्रहरीले  अहिले गाउँटोलमा गएर सेतनामूलक कार्यक्रम गरिरहेको हो । 

सञ्चालित सचेतनामूलक  कार्यक्रममा लागु औषध भनेको के हो यसले के असर गर्छ यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने लगायतका बारेमा जानकारी गराउने गरिएको प्रहरीले जनाएको  छ ।