संसदीय छानबिन समिति सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै

संसदीय छानबिन समिति सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै

संसदीय छानबिन समिति सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्ने भएको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गराएको आरोपमाथि संसदीय समितिले छानबिन गरिरहेको हो। उक्त समितिले मंगलबार सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ।

संसदीय समितिले अर्थ मन्त्रालयका १० जना कर्मचारीसँग बयान लिइसकेको छ। विज्ञसँग छलफल गरेपछि समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी गरेको छ।

अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसहित समितिले अहिलेसम्म १० जना कर्मचारीसँग सीसीटीभी फुटेजका सम्बन्धमा शोधपुछ गरिसकेको छ।

समिति सदस्य देव गुरुङका अनुसार फुटेजका विषयमा जानकार व्यक्तिसँग मंगलबार छलफल हुन लागेको हो। यसअघि सोमबारको समितिले मन्त्रालयका आईटी विज्ञसँगसमेत छलफल गरिसकेको छ।