बैतडीमा बलात्कारको आरोप लागेका नेगी द्वारा प्रहरी समक्ष आत्मसमर्पण

बैतडीमा बलात्कारको आरोप लागेका नेगी द्वारा प्रहरी समक्ष आत्मसमर्पण

धनगढी । कैलाली घर भएकी एक महिला मजदुर माथि बलात्कार गरेको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखीमा क्याम्पस प्रमुखले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन्। आइतबार पुर्चौडी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगीले आत्मसर्मपण गरेका हुन् । 

यस अघि नेगीविरुद्ध एक मजदुर महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्ता भएपछि प्रहरीले प्रक्राउ गर्न उनको खोजी थालेको थियो। 

तर, आज नेगी आफै जिल्ला प्रहरी कार्यालय बैतडीमा पुगेका छन्। प्रहरीले घटनाको छानविन चलिरहेको बताएको छ।

यस्तै, बलात्कार आरोप लागेपछि चर्को आलोचना खेपेका उनले नैतिकताका आधारमा राजीनामा दिएको र छानविनका लागि सघाउन राजीनामा दिएको जनाएका थिए। 

आज उनले एक पे्रश विज्ञप्ती जारी गर्दै चौधरी महिलालाई प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्ने काम भएकाले निस्पक्ष छानविनको लागि आफूले प्रहरी सामु आत्मसर्मपण, गिरफ्तारी गरेको बताएका छन् । 

बैतडीको पुर्चौडीमा क्याम्पस प्रमुख नै बलात्कारका आरोपी, विज्ञप्तिले 'हिलो' पुछ्न खोजिँदै