कैलालीको अत्तरियामा गुडिरहेको हाइसमा एक्कासी आगलागी भएको छ ।महेन्द्रनगरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको नमस्ते शुक्लाफाटा यातायातको बा ४ ख ५८६८ नम्बरको हाइसमा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
हाइसको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । अत्तरियाको मुख्य चोकमा हाइसमा आगलागी भएपछि गोदावरी नगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मीले निभाएका थिए ।आगलागीवाट हाइसमा क्षति पुगेपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।