सासंदहरुद्धारा बजेट फ्रिज जाने सम्भावना रहेको भन्दै चिन्ता ब्यक्त

सासंदहरुद्धारा बजेट फ्रिज जाने सम्भावना रहेको भन्दै चिन्ता ब्यक्त

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा शून्य समयमा बोल्दै बोल्दै सासंदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंद भरत खड्काले बजेट कार्यान्वयन नभएर फ्रिज हुने सम्भावना बढिरहेकोले सरकारले सबै बजेट फ्रिज गर्ने भन्दा पनि अब छोटो अवधिमा गर्न सकिने काम गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले किसानहरुले मल वीउ समयमै पाउने कुरा तर्फ सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  

शून्य समयमा बोल्दै नेकपाका सासंद महेश दत्त जोशीले सुदूरपश्चिमका जनताले घर निर्माणमा आवश्यक पर्ने काठ नपाइरहेको बेलामा संघीय सरकार मातहत रहेको टिम्बर कर्पोसरेसन अफ नेपालले काठ काठमाण्डौ लैजाने तयारी गरिरहेको भन्दै प्रदेशका जनतालाई आपुर्ति गरेर मात्रै बाहिर लैजान पाउने ब्यवस्था गर्न सरकारसित माग गर्नुभयो । 

नेकपाकै सासंद मान बहादुर सुनारले सुकुम्बासी समस्या समाधान गर्न पहल हुनुपर्ने बताउनुभयो । उहाँले कैलाली र कञ्चनपुरमा जग्गाको नापजाँच भइसकेर राजश्व समेत बुझाएका जनताहरुले लालपूर्जा पाउन नसकेकोले लाजपूर्जा दिने तर्फ पहल गर्न माग गर्नुभयो । 

नेकपाका सासंद रतन थापाले कैलाली जिल्लाका खोलाहरुबाट बाढीको समस्या हुने गरी नदीजन्य पदार्थहरु संकलन गर्ने काम भइरहेकोले त्यसलाई निन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सम्बन्धित मन्त्रालयले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । 

नेकपाकै सासंद लिलाधार भट्टले सरकारले महत्वपूर्ण विधेयकहरु ससंदमा दर्ता नगरेकोमा सरकारको आलोचना गर्नुभयो । उहाँले आकस्मिक कोष सञ्चालन विधेयक, भौतिक पूर्वाधार विका सम्बन्धी विधेयक चाँडो पेश गर्न सरकारसित माग गर्नुभयो । सासंद भट्टले स्वास्थ्य सेवाका कर्मचारीहरुले ािच महिनादेखि तलब खान नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यान जान माग गर्नुभयो । 

प्रदेश सभाको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सासंद श्यामलाल राना थारु, राजपा सासंद मालामति राना थारु, नेकपाका शान्ति नेपाली र सुशिला बुढाथोकीले बोल्नुभएको थियो ।