शिन्जो आबेको निधनमा भारतमा भोलि (शनीबार) राष्ट्रिय शोक

शिन्जो आबेको निधनमा भारतमा भोलि (शनीबार) राष्ट्रिय शोक

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिन्जो आबेप्रति निकै सम्मान रहेको बताउँदै भोलि शनिवार देशमा राष्ट्रिय शोक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन । 

उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘म आफ्नो सबैभन्दा प्यारा साथीमध्ये एक शिन्जो आबेको निधनमा स्तब्ध र दुःखी छु । उनी एक महान् नेता र प्रशासक थिए । उनले जापान र विश्वलाई एक राम्रो ठाउँ बनाउनका लागि आफ्नो जीवन समर्पित गरे ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि गम्भीर घाइते हुनुभएका आबेको उपचारका क्रममा निधन भएको हो ।