गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।

उनको निधनबारे जापानका मिडियामा समाचार छ। गोली प्रहारबाट ढलेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

पूर्वप्रधानमन्त्री आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा सार्वजनिक कार्यक्रममा गोली प्रहार भएको थियो।गोली लागेपछि उनी ढलेका थिए। 

आक्रमण हुँदा आबेले स्थानीय नारा सहरमा भएको सार्वजनिक सभालाई सम्बोधन गरिरहेका थिए।  गोली हान्ने व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ। उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए।

आक्रमणकारी पूर्वप्रधानमन्त्री आबेको धेरै नजिकै गएर गोली हानेका थिए। आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी उनको पछाडि नै उभिएका थिए।