राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा मेकअप बढी भए मुख धुन लगाउने

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा मेकअप बढी भए मुख धुन लगाउने

सरकारले आगामी दुई वर्षमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेको छ। बजेटमार्फत २०७९र०८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो।

यसका लागि सरकारले राष्ट्रिय अभियानकै रुपमा कार्यक्रम अगाडि बढाएको छ। राष्ट्रिय परिचयपत्रमा फोटो सहितका व्यक्तिगत विवरण मात्र नभएर औँठा छाप, आँखाको रेटिना जस्ता बायोमेट्रिक सूचना समेत सङ्कलन गर्ने गरिएको छ। राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अपनाउनुपर्ने नियमहरू भने केही रोचक नियमहरू छन्। जसमा महिलाको हकमा अनुहारमा आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने उल्लेख छ।

यस क्रममा टिका हटाउने, काजल पुछ्ने, लिपिस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली ठूलो भएमा हटाउन लगाउने र धेरै मालाहरू भएमा त्यो पनि हटाउन लगाउने भनिएको छ। त्यस्तै पुरुषहरूका लागि उल्लेखित नियमहरूमा कानमा मुद्रा वा टप लगाएको भए खोल्न लगाउने, कपाल कालो बाहेक अन्य रङ्गको भए ढाका टोपी लगाउने र मफ्लर, गम्छा लगाउन नपाउने उल्लेख छ।