भाइरल भिम बहादुरको घर शिलान्यासमा पुगे नायक पल शाह

भाइरल भिम बहादुरको घर शिलान्यासमा पुगे नायक पल शाह

पछिल्लो समय समाजिक सञ्जालमा एक ब्यक्ति निकै भाइरल भइरहेका छन् । अहिले निकै भाइरल भइरहेका ब्यक्ति हुन् नवलपुरको गैडाकोट नगरपालिका हर्दिका भिमबहादुर बिक ।

उनी दैनिक १ घण्टा पैदल हिडेर देवघाट आउछन् र पुलमा मागेर आफु अनि आफ्नो परिवार पाल्दै आएका छन् ।उनै भाइरल भिम बहादुरलाइ अहिले धेरैले चिनेका छन् । यस्तै सामाजिक सञ्जालमा भाइरल बनेका भिम बहादुरको घर शिलान्यास भएको छ ।

उनको घर शिलान्यासमा नायक पल शाह पुगेका छन् ।घरको घर शिलान्यास नायक पल शाहले गरेका छन् । पलले भौतिक, आर्थिक तथा समाजिक सहयोग गर्न प्रतिबद्धता गर्दै घरको शिलान्यास गरेका छन् ।भाइरल भिम बहादुरको ५ बर्षअघि जलेको घर निर्माण हुन नसक्दा भिम बहादुरको घर भित्रै पानी छिर्ने अवस्था आएको थियो । उनकोल घर शिलान्यास हुदा भिम बहादुर निकै खुशि भएका छन् ।