माओवादीले बनायो १२५ सदस्यीय पोलिटब्युरो

माओवादीले बनायो १२५ सदस्यीय पोलिटब्युरो

नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।

प्रज्ञा भवन कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोलिटब्युरो १२५ सदस्यीय बन्ने घोषणा गरेका हुन्।उनले पोलिटब्युरोमा रहनेहरूको नाम पनि बैठकमा पढेर सुनाएका छन्।

माओवादीको पोलिटब्युरोमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, नारायण दाहाल,हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा,अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल,दिलिप प्रजापति,लेखनाथ न्यौपाने छन्। 

त्यस्तै रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल,ओनसरी घर्ती,दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, युवराज दुलाल, निर्मल आचार्य,अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान,शक्तिबहादुर बस्नेत,लिलामणि पोखरेल, रामदीप आचार्य,मातृका यादव, शालिकराम जमरकट्टेल, खिमलाल देवकोटालगायतलाई पनि पोलिटब्युरो सदस्य बनाइएको छ।