नाइजेरियामा जेलमा आक्रमण, एक जनाको ज्यान गयो : झन्डै तीन सय कैदीबन्दी भागे

नाइजेरियामा जेलमा आक्रमण, एक जनाको ज्यान गयो : झन्डै तीन सय कैदीबन्दी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ ।

आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९ सय ९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा ३ सय कैदी भागेका छन् ।

आक्रमणकारीले अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको जेलमा आक्रमण गरेका थिए । उनीहरूले झन्डै ६ सय जना कैदीबन्दीलाई छुटाएको तर तीमध्ये आधाजसोलाई पुनः पक्राउ गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव शुइबु बेगोरलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भागेकाहरुको खोजी भइरहेको छ । यो आक्रमण कट्टरपन्थी समूह बोको हरामका लडाकुले गरेको हुनसक्ने आशङ्का गरिएको छ ।