बसपार्कमा एक पुरुष मृत फेला

बसपार्कमा एक पुरुष मृत फेला

विराटनगर महानगरको मु्ख्य बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहिबार बिहान बसपार्कको यात्रु कक्षमा फलामको फलैचामा सुतिरहेको अवस्थामा अन्दाजी ५५ बर्षिय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । 

स्थानियका अनुसार एउटा प्लाष्ट्रिकको झोला लिएर ती ब्यक्ति बुधबार साँझ साढे ८ बजे बसपार्कको यात्रु कक्षमा आएर सुतेका थिए ।

मधेशीमुलको जस्तो देखिने भएपनि उनको पहिचान नखुलेको मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । आवश्यक अनुसन्धान भईरहेको उनको भनाई छ ।