भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्यो

भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्यो

भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यस प्रति सिलिन्डर ५० भारुले बढेको हो।

बढेको मूल्य आजैदेखि लागू हुनेछ ।समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।

त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भारु १९ ले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्यमा भने साढे आठ रुपैयाँ घटेको छ । गत साता पनि व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो ।