मणिपुरको पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

मणिपुरको पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य  छैटौँ दिनमा पनि जारी छ। पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुगेको प्रदेशका अधिकारीले बताएका छन्।

गत साता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो। त्यहाँको प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारीको पहिरोमा मृत्यु भएको थियो।

राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्य ४०० भन्दा बढी कर्मचारी उद्धारमा संलग्न रहेको प्रदेशका अधिकारीले बताएका छन्। पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला थुनिएको छ।