आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ।

प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बिहान मौसम विश्लेषण गर्दै जारी गरेको पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

राती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।